दुम्सी मार्ने क्रममा आमाको मृत्यु, ११ बर्षिय छोरा अर्धचेत

Posted on: 11 Aug, 2018

चिसाङ शेर्पा | साउन २६, खोटाङ | दुम्सी मार्ने क्रममा एकजना महिलाको मृत्यु भएको छ । दुम्सी मार्न भनि छोराछोरीसहित निस्केकि खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ४५ वर्षीय सरीता तामाङको मृत्यु भएको हो । 

सिमपानीस्थित डिउखोला भन्ने स्थानमा रहेको ओढारमा दुम्सीलाई धुवाँ लगाउन शनिबार बिहानै घरबाट निस्केका तीनजना मध्येमा ओढारबाट आमालाई मृत अवस्था र उनका ११ वर्षीय छोरा नवल तामाङलाई अर्धचेत अवस्थामा तथा मृतक सरीताकै छोरी अन्दाजी ७/८ वर्षकी पुजना तामाङलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी निरिक्षक केशव कुमार कट्वालले जानकारी दिनुभयो । 

दुम्सी मार्नलाई घरबाट निस्केका आमा छोराछोरी अबेरसम्म घरमा नआउदा स्थानीयले बिहान ११ बजेपछि प्रहरीमा खबर गरेको थियो । ति परिवारको प्रहरी र स्थानियले डिउखोलामा रहेको ओढार बाहिर जुत्ता चप्पल र ओढारमा ओगो बलेको देखेपछि ओढारभित्र फसेको पत्ता लगाएको थियो । ओढार बाहिर चप्पल जुत्ता देखेपछि प्रहरी र स्थानियले शनिबार दिउँसो क्रमशः छोरी, छोरा र आमालाई उद्धार गरेको थियो ।

उद्धार गरिएका मृतक तामाङको कानुनी प्रक्रिया भईरहेको र बोल्न नसक्ने छोरा नवललाई हेलिकोप्टमार्फत काठमाण्डौ पुर्याईएको छ । प्रहरीका अनुसार उनको काठमाण्डौ महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक सरीताको धुवाँमा निशास्सीएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!