दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार (फोटो फिचर)

Posted on: 06 Sep, 2018

चिसाङ शेर्पा | भदौ २१, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउस्थित विर्ता गुरुङडाडाँमा विहीबारे हाटबजार सुरुवात भएको हो ।

गाउँपालिकाको विभिन्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु स्थानीय स्तरमै विक्री वितरण गर्ने उद्देश्यले निर्मित हाटबजारको बिहीबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ मा बिनियोजित दुई लाख लगानीमा निर्माण भएको हटियामा ३६ वटा स्टल रहेका छन् ।


स्थानिय वागधन राईको जग्गामा निर्माण गरिएको हाटबजारमा हालका लागि अस्थायी चर्पी र एकवटा गोसखाना रहेको हाटबजार व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष शरण कुमार राईले बताए । केही समयअघि सञ्चालनमा आई वन्द भएको हाटबजारलाई गाउँपालिकाले पुनः व्यवस्थित ढंगले सुचारु गराएको हो । यसअघि गाउँपालिकाको सप्तेश्वर छितापोखरीस्थित पञ्चमीबजारमा सोमबार र टेम्मामा शनिवार हाट लाग्दै आएको छ । 


बजार उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख राईले सबैको सहयोग र सहकार्यमा निर्मित बजारलाई निरन्तरता दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । स्थानीयवासीहरुको भोटले आफू निर्वाचित भएको स्मरण गराउदै गाउँपालिकाको साख राख्ने काममा निडर भएर लाग्ने बताए ।


तश्विरमा: बजार उद्घाटन गर्नुहुदैं दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई । तस्विर: चिसाङ शेर्पा  





यस बिषयमा तपाइको प्रतिक्रिया...!