अग्नी पीडितलाई दिक्तेल बहुमुखी क्याम्पसको सहयोग

Posted on: 13 Nov, 2018

चिसाङ शेर्पा | कात्तिक २७, खोटाङ | अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल बहुमुखी क्याम्पसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन जनालाई आर्थिक सहयोग गरेको हो ।


कार्तिक २३ गते बिहान लागेको आगोले घर सहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठ र जानुका बुढाथोकी(अम्बिका÷अस्मिताकी आमा)लाई जनही दश हजार र अर्का अग्नी पीडित रमेश कुमार खत्रीलाई पाँच हजार नगद सहयोग गरिएको दिक्तेल बहुमुखी क्याम्पसका लेखापाल चुडा बहादुर कार्कीले जानकारी दिए । अग्नी पीडितहरुलाई सोमबार रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रमा दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देविप्रसाद रिजाल, सहायक क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

यस्तै, सोही दिन खोटाङ उधोग बाणिज्य संघ र सिद्धलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना साधारण सदस्य अग्नी पीडितलाई राहत रकम सहयोग गरेका थिए । बाणिज्य संघले अग्नी पीडित कृष्ण कुमार श्रेष्ठलाई २ लाख ९१ हजार र सिद्धलक्ष्मीले अग्नी पीडित रमेश कुमार खत्री र अग्नी पीडित श्रेष्ठका श्रीमती भावनादेवी श्रेष्ठलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो ।   

 

आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!