अग्नी पीडितलाई पुनः बोर्डिङको एक लाख सहयोग

Posted on: 15 Nov, 2018

चिसाङ शेर्पा | कार्तिक २९, खोटाङ | अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन जनालाई आर्थिक सहयोग गरेको हो ।


कार्तिक २३ गते बिहान लागेको आगोले घर सहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठलाई पचास हजार, अम्बिका बुढाथोकीलाई तीस हजार र रमेश कुमार खत्रीलाई बीस हजार नगद सहयोग गरिएको दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका लेखापाल  आदित्य कार्कीले जानकारी दिए । अग्नी पीडितहरुलाई बुधबार रत्नपार्कस्थित आगलागी भएको स्थानमा दिक्तेल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकबर्ग, सञ्चालक समिति, अंशियार प्रतिनिधिहरुले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरे ।

बोर्डिङ स्कुलको तर्फबाट ८३ हजार ६ सय र शिक्षक तथा कर्मचारीहरुको तर्फबाट १६ हजार ४ सय गरी जम्मा एक लाख सहयोग रकम अग्नी पीडितहरुलाई वितरण गरिएको थियो । आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

यस्तै,नेपाल कम्यूनिष्ट पार्टी नेकपा खोटाङले एक मृतक परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता बालकृष्ण आचार्यको परिवारलाई नेकपाले ५१ हजार आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएकाले किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख रहेका नेकपा नेता बबी चामलीङले बताए । नेकपाले बिहिबार आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!