अपराधिक गतिविधि नियन्त्रण गर्न दिक्तेल बजारमा सिसी क्यामेरा

Posted on: 29 Nov, 2018

चिसाङ शेर्पा | मंसिर १३, खोटाङ | खोटाङको दिक्तेल बजारमा सिसी क्यामेरा जडानको काम सुरु भएको छ । दिक्तेल बजारभरीको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सिसी क्यामेरा जडानको काम सुरुवात गरिएको हो ।

दिक्तेल बजार व्यवस्थापन कार्यक्रम अन्तरगत नगरपालिकाको १० लाख लगानीमा पहिलो चरणमा बजारको ८ स्थानमा सिसी क्यामेरा जडानको काम भईरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले बताए । उनका अनुसार दिक्तेलको हाँटडाँडा, भानुचोक, अस्पताल चोक, पूरानो बैंक चोक, त्रिवेणीचोक, भवन गैरा, बेशक्याम र रत्नपार्कमा सिसी क्यामेरा जडान गरिनेछ । 

हाईटेक आईटी सोलुसनले जडान गरिरहेको काम अन्तिम चरणमा पुगेको नगरपालिकाका आईटी अफिसर सुवास राईले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!