अपाङ्ग दिवसमा २६ जना संस्थापक सदस्य सम्मानित

Posted on: 03 Dec, 2018

चिसाङ शेर्पा | मंसिर १७, खोटाङ | अपाङ्ग सेवा संघ खोटाङलाई आर्थिक, भौतिक, सामाजिक, मानसिक र नैतिक क्रियाकलापमा महत्वपुर्ण भूमिका निर्वाह गर्दैै आएका दुई दर्जनबढी संस्थापक सदस्यहरु सम्मानित भएका छन् । अपाङ्गता भएका ब्यक्तिहरुको हक, अधिकार र जीविको पार्जनमा सहयोग पु¥याउदै आएको संस्थाले २७ औं अपाङ्ग दिवसको अवसरमा २६ जना आफ्ना संस्थापक सदस्यहरुलाई सम्मान गरेका हुन् ।


सोमबार दिक्तेलस्थित समिक्षालय हलमा भएको कार्यक्रममा संस्थापक सदस्य नवराज श्रेष्ठ, खगेन्द्र गिरी, मोहन जोशी, वावुराम सैंजु, श्याम सैंजु, कृष्ण बस्नेत, रत्न राई, पृथी जिम्बा, राजन प्रसाद आचार्य, कृष्ण प्रसाद आचार्य, अम्बर बहादुर कट्वाल, रबिन्द्र राई, जय नारायण राई, स्व. इन्द्र बहादुर राई, जय कुमार राई, भक्त बहादुर राई, पुर्ण बहादुर राई, ज्ञान बहादुर खत्री, निर्मल खत्री, बसन्ती श्रेष्ठ, कुल बहादुर बस्नेत, होम बहादुर खड्का, गुणराज सैंजु, देवराज थुलुङ, भक्त बहादुर दाहाल र तिलक बहादुर श्रेष्ठलाई सम्मान पत्रद्धारा सम्मान गरिएको अपाङ्ग संघका नगर कमिटी अध्यक्ष उमेश चन्द्र आचार्यले जानकारी दिए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र संघको आयोजनामा भएको दिवसमा दिक्तेल २ का वडाध्यक्ष हर्क बहादुर खत्रीले संस्थापक सदस्यहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । जिल्लामा हाल ५ हजार २८ जना अपाङ्ग ब्यक्तिहरु छन् । उनीहरु कुन प्रकृतीका छन् भन्ने बारे संघसँग डाटा छैन । निकट समयमै अपाङ्गहरुको लगत संकलन र अपाङ्गताको प्रकृती छुट्याउने संघले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!