लागु औषधसहित ४ युवती पक्राउ

Posted on: 08 Jan, 2019

पुस २४, रुपन्देही । रुपन्देहीमा लागु औषधसहित चार युवती पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई लागू औषध विक्री गर्ने नवलपरासीको रामग्रामका सुदीप केवट पनि पक्राउ परेका छन् ।

पक्राउ परेका युवतीहरु लागू पदार्थ सेवन र ओसारपसारमा संलग्न रहेको प्रहरीको जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!