खोटाङमा वेवारिसे पुरुषको शव फेला

Posted on: 19 Jan, 2019

माघ ५, खोटाङ | खोटाङमा वेवारिसे शव फेला परेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सिमपानी–रसुवाघाट सडक खण्डमा तराइ मुलका अन्दाजी ६०÷७० वर्षका पुरुषको वेवारिसे शव फेला परेको हो ।

शनिबार बिहान स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । पहिचान हुन नसकेको शवलाई पोष्टमार्टमका लागि उदयपुरको गाइघाट पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशब कुमार कट्वालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!