प्रतिभा प्रवाहमा समसामयिक विषयको चर्चा

Posted on: 17 Mar, 2019

चैत ३, खोटाङ | प्रगतीशील लेखक संघ खोटाङले नियमित रुपमा गर्दै आएको प्रतिभा प्रवाहमा मुलुकको समसामयीक विषयको चर्चा गरिएको छ । प्रतिभा प्रवाहको सातौ शृङ्खला अन्तरगत खोटाङ्गे सर्जकहरुले साहित्य मार्फत मुलुकमा भइरहेको गतिविधिहरुको चर्चा गरेका हुन् ।

शनिबार दिक्तेलस्थित भवनगैरामा भएको प्रतिभा प्रभावहमा सर्जक चित्रकुमार सुवेदी, धनिराम राई, रेखा राई क्षितिज, लोकेन्द्र सर्वहरा, सिता थुलुङ, शान्ती श्रेष्ठ, अम्मर श्रेष्ठ, घनश्याम ढकाल, विष्णु उपरकोटी, निर्मला चौलागाँई, सुमन फ्रिडम, अनिश घिमिरे, मौसम आचार्य, निरकुमार श्रेष्ठ लगायतले प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

प्रतिभा सुन्ने, सुनाउने हेतुले आयोजना गरिएको कार्यक्रममा मुलुकमा भइरहेको विकृति विसंङ्गती युवाशक्ति विदेशिनुको पीडा, व्यापक भ्रष्टाचार, हत्या/हिंसा, बलात्कार, दलित, जनजाती महिला भएर हेपिनुपर्ने पीडा, शहिदहरुले देखाएको बाटोमा अगाडी बढ्न नसकेको अवस्था लगायतका समसामयिक विषयहरु समेटिएको सिर्जनाहरु प्रस्तुत गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!