गर्मी लागेसँगै मिरमिरे जलको माग बढ्यो

Posted on: 19 Mar, 2019

चिसाङ शेर्पा | चैत्र ५ खोटाङ | जिल्लामा रहेको एकमात्र प्रशोधित पिउने पानी मिरमिरे जलको बजारमा माग बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलको माग बढ्न थालेको हो । 

जिल्लाको ईतिहासमा पहिलो पटक पानी प्रशोधिते पानीको माग बजारबाट अत्याधिक रुपमा आउन थालेको मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले बताए । उधोगमा प्रशोधित मिरमिरे जल दिक्तेल, नुनथला, बुइपा, जालपा, बाक्सिला, ऐसेलुखर्क, चखेवाभन्ज्याङ, हलेसी, जयरामघाट, ओखलढुंगाको हर्कपुर, उदयपुरको घुर्मि, कटारी, धरान, इटहरी र काठमाण्डौसम्म पुग्ने गरेको छ । पानीबाट लाग्ने रोगहरुलाई निर्मुलन गर्ने मिरमिरे जल एक लिटरको बोतलमा विक्री भईरहेको छ ।

२०७३ सालदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल वातलमा प्रशोधित पानी अधिकांसले टाढाको शहरमा कोसेली स्वरुप लाने गरेका छन् । एक लिटरका १२ वोतल हुने पानी प्रति कार्टुन दुई सय रुपैयाँका दरले विक्री हुने गरेको छ । जिल्लामा विभिन्न औपचारिक कार्यक्रम हुंदा मिरमिरे जलको अझै माग बढ्ने गरेको छ । अन्य मिनिरल वाटरको तुलनामा मिरमिरे जल अत्यादिक स्वादिलो हुने ग्राहक बताउछन् । पर्यटकीय डाडाँ रुपाकोटको काखबाट उधोगमा प्रशोधन गर्न पानी ल्याईएको छ ।

सिरहाको मिर्चैया, लाहान र काठमाण्डौको पानी खोटाङमा ल्याएर ३५÷४० रुपैयाँमा बेच्नुपर्ने ? ताकि लिटरको ३५÷४० रुपैयाँमा दुध पाईन्छ । दुधभन्दा पानी महंगो किन्नुपर्ने, आफैले तराईको पानी प्रतिलिटर ४० रुपैयाँमा किन्नुपर्ने स्थितीले सम्भावना खोज्दै गए । प्रोपाईटर शेर्पाले भने, ‘गरे भने सक्छु भनेर लागे त्यहि ईच्छा शक्तिले अहिले चियाभन्दा सस्तोमा पानी दिईरहेका छौ । यो समग्र खोटाङको ठूलो उपलब्धि हो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!