पत्रकार शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार

Posted on: 10 Apr, 2019

चैत्र २७, खोटाङ | बाक्सिला फुटबल क्लबले खेलकुद पत्रकारिता पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार प्रतियोगीताको समापन कार्यक्रममा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । खेलकुदको गतिविधिलाई पत्रकारिताको माध्यमबाट कलम चलाई जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचय गराउन योगदान गरेको भन्दै पत्रकार शेर्पालाई सम्मान गरिएको बाक्सिला फुटबल क्लबका सचिव पबन श्रेष्ठले बताए । 


केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविको प्राङगणमा भएको कार्यक्रममा पत्रकार शेर्पालाई खादा ओढाएर ५ हजार ५ सय १० रुपैयाँका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । समायोजन खबर डटकमका सञ्चालक÷सम्पादक रहेका शेर्पा हिमालय टाइम्स दैनिक, साझा सवालमा आवद्ध छन् । पत्रकार शेर्पालाई क्लबका अध्यक्ष सिवकुमार राई र गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । 

विगत २०६५ सालदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल शेर्पा नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव, नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका सचिव पनि हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!