खोटाङमा भतिजाले आफ्नै काकामाथि खुकुरी प्रहार गरे

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौं | खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । 

घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाउने मझुवागढी नगरपालिका-५ कटुवाल टोलका २५ वर्षीय दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!