छिमेकीको कुटाइबाट खोटाङमा एक युवकको मृत्यु, एक जना घाइते

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौं |  छिमेकीको कुटाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ | भने एकजना घाइते भएका छन् | मृत्यु हुनेमा हलेसी-तुवाचुङ नगरपालिका-७ का २४ वर्षीय रमेश राई रहेका छन् भने सोही ठाउँका ३४ वर्षीय अशोक राई घाइते भएका छन् |

स्थानीय २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईको कुटपिटबाट बिहीवार साँझ गम्भीर घाइते भएका रमेशको शुक्रवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ | उनको  हलेसीस्थित ओमसिद्धि बाबा पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो | घाइते भएका अशोककोउपचार भइरहेको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार कुटपिटमा संलग्न तीनै जना फरार भएका छन् | उनीहरुको खोजी भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!