समाज | खोटाङ्ग - KTG


खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक बालकको मृत्यु

Posted on August 29, 2020 | views : 2034 | खोटाङ्ग - KTG

भदौ १३, खोटाङ, (रासस) : बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।  घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको

Read More

प्रदेश नं १ मा ११२ सङ्क्रमित थपिए

Posted on August 29, 2020 | views : 5590 | खोटाङ्ग - KTG

भदौ १३, विराटनगर, (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्

Read More

सरुवा भएर आएका छ प्रहरीमा कोरोना पुष्टि

Posted on August 15, 2020 | views : 1889 | खोटाङ्ग - KTG

साउन ३१, खोटाङ, (रासस) । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण प

Read More

ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ

Posted on August 14, 2020 | views : 1456 | खोटाङ्ग - KTG

साउन ३०, खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ ।  विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र एसेंलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्य

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33550 | खोटाङ्ग - KTG

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

बसाइँ सर्नुपर्ने अवस्था अन्त्य

Posted on August 09, 2020 | views : 1438 | खोटाङ्ग - KTG

केदार मगर । साउन २५, खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको रु ४४ लाखको लागतमा खहरे–जरुवापानी–लामपाते लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको हो । साविकक

Read More

मुद्दा फछ्र्योटमा लक्ष्य हासिल हुन सकेन

Posted on July 30, 2020 | views : 1724 | खोटाङ्ग - KTG

केदार मगर । साउन १५, खोटाङ ।  जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६/०७७ मा १३५ वटा मुद्दा फछ्र्योट गरेको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्ञा र रिटतर्फका चार वटा मुद्दा फछ्र्योट गरेको हो ।  आर्थिक वर्ष २

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26784 | खोटाङ्ग - KTG

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

प्रदेश सरकारले उपलब्ध गरायो स्वास्थ्य कार्यालयलाई भिटिएम

Posted on July 16, 2020 | views : 1485 | खोटाङ्ग - KTG

साउन १, खोटाङ । प्रदेश नं १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि ५०० थान भिटिएम उपलब्ध गराएको छ । जिल्लावासीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेको समयमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय ख

Read More

प्रदेश नं. १ सरकारबाट ९८ जना खेलाडी पुरस्कृत

Posted on July 15, 2020 | views : 4171 | खोटाङ्ग - KTG

असार ३१, विराटनगर । प्रदेश नं.१ सरकारले दक्षिण एशियाली खेलकुदमा यस प्रदेशका विजेता खेलाडीहरुलाई आज सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।  तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।  सम्मान तथा पुरस्कार

Read More

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार

Posted on July 07, 2020 | views : 1505 | खोटाङ्ग - KTG

असार २३, खोटाङ । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३० वर्षीय भुवन आचार्

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28229 | खोटाङ्ग - KTG

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

Posted on June 24, 2020 | views : 1702 | खोटाङ्ग - KTG

असार १०, खोटाङ। पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको बच्

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27545 | खोटाङ्ग - KTG

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

मादक पदार्थ सेवन गरि क्वारेन्टिनको सम्पर्कमा गएपछि वडाध्यक्ष पनि क्वारेन्टाइनमा

Posted on June 04, 2020 | views : 2365 | खोटाङ्ग - KTG

जेठ २२, खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन् ।  मङ्गलबार

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30591 | खोटाङ्ग - KTG

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

Posted on April 28, 2020 | views : 2361 | खोटाङ्ग - KTG

केदार मगर | वैशाख १६, खोटाङ | ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26697 | खोटाङ्ग - KTG

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23793 | खोटाङ्ग - KTG

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश ल्याउन समस्या

Posted on April 13, 2020 | views : 2167 | खोटाङ्ग - KTG

 वैशाख १, खोटाङ । ‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई  खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई  पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालि

Read More

खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, नौँ जना घाइते, पाँच जना गम्भीर

Posted on April 12, 2020 | views : 1843 | खोटाङ्ग - KTG

चैत ३०, खोटाङ । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो ।  घाइते हुनेमा मृतक निर्मलाको १४

Read More

गभर्नर पाएपछि जिल्लावासीमा खुशी

Posted on April 07, 2020 | views : 1649 | खोटाङ्ग - KTG

केदार मगर | चैत २५, खोटाङ | नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले केन्द्रीय बैङ्कको ग

Read More

प्रदेश नं १ समाचारः ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

Posted on April 03, 2020 | views : 5189 | खोटाङ्ग - KTG

चैत २१, विराटनगर | प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, तेर्हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम

Read More

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ को रोकथाम, प्रतिरक्षा र उपचार समिति गठन

Posted on March 29, 2020 | views : 7025 | खोटाङ्ग - KTG

चैत १६, विराटनगर | प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन शनिबार विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा

Read More

जनप्रतिनिधिको एक महिनाको सुविधा कोरोना कोषमा

Posted on March 27, 2020 | views : 1762 | खोटाङ्ग - KTG

चैत १४, खोटाङ  | विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाको पारिश्रमिक सरकारको कोरोना रोकथाम कोषमा जम्मा गर्ने भएका छन् । गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पाँच वटै वडाका वडाध्यक्षले

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22524 | खोटाङ्ग - KTG

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

नेपाली सेनाको सहयोगमा ३६ शय्याको क्वारेन्टाइन निर्माण

Posted on March 25, 2020 | views : 1679 | खोटाङ्ग - KTG

चैत १२, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टा

Read More

पुल बनेपछि बाटो छोट्टियो

Posted on January 27, 2020 | views : 2060 | खोटाङ्ग - KTG

सुनकोशीस्थित कुनाइघाटमा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङ र उदयपुरको सिमानामा  एक करोड नौ लाख लागतमा १५८ मिटर लम्बाइ भएको पुल निर्माण गरिएको हो । वर्षौंदेखि डुङ्गाको भरमा आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।   खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गा

Read More