प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सरस्वती र धिप्लुङ मावि प्रथम

Posted on: 16 Jun, 2019

चिसाङ शेर्पा | असार १, खोटाङ | दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा पुरुषतर्फ सरस्वती मावि डाँडाखर्क र महिलातर्फ धिप्लुङ मावि छितापोखरी प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रको अन्तर मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा उक्त माविहरुले प्रथम स्थान हाँसिल गरेका हुन् ।

खेलकुदको विकासका लागि नेपाल सरकारको शसर्त अुनदानबाट आएको बजेट अन्र्तगत गाउँपालिकाको डाँडागाउँ खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ शान्ति निकेतन मिनाकर्ण मावि सापातेल दोश्रो, शान्ति मावि टेम्मा तेश्रो भएका छन् । महिलातर्फ कृष्ण मावि टेम्मा दोश्रो र शान्ति निकेतन मिनाकर्ण मावि सापातेल तेश्रो भएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए ।

प्रतियोगितामा शान्ती मावि टेम्माका सरोज खत्री, शान्ति निकेतन मिनाकर्ण मावि सापातेलका अन्सुना परियार अनुशासित खेलाडी घोषित भए । धिप्लुङ मावि छितापोखरीका जानुका मगर र शान्ति निकेतन मिनाकर्ण मावि सापातेलकै प्रज्ज्वल वस्नेत उत्कृष्ट खेलाडीमा छानिएका छन् । प्रज्ज्वल उत्कृष्ट मार्च पासमा छनौट भएका छन् ।

विजयी पुरुष समुहले क्रमशः १२ हजार, नौ हजार, चार हजार पाँच सय, महिला समुहले क्रमशः १२ हजार, नौ हजार र चार हजार पाँच सय नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला÷पुरुष अनुशासित दुई खेलाडीले जनही एक हजार दुई सय र महिला/पुरुष उत्कृष्ट दुई खेलाडीले जनही एक हजार दुई सय र उत्कृष्ट मार्चपास एकजना खेलाडीले जनही एक हजार पाँच सय नगद पुरस्कार पाएका छन् । पुरस्कार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले वितरण गरेका हुन् । गत जेठ शुक्रबार र शनिबार आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ ११ र पुरुषतर्फ १४ टिमले सहभागिता जनाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!