ललितपुरका पाँच स्थानमा आकाशेपुल बनाउन अध्ययन

Posted on: 05 Jul, 2020

असार २१, ललितपुर | ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ ।  ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो । 

ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले चक्रपथका चार ठाउँ र वाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छाँै । महानगरपालिकाभित्र  फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।” 

अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ ।  आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज  हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ । यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!