एमालेलाई प्रतिनिधि सभामा ११ औं सफलता: कृष्णलाल महर्जन विजयी

Posted on: 09 Dec, 2017

मंसिर २३, काठमाडौँ | ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।

महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् ।

कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए । यसअर्थमा उनले यसपटक कांग्रेस र चन्द्रसँग बदलासमेत लिएका छन् ।

ललितपुरका अन्य दुर्इ क्षेत्रको मतगणना भने अझै जारी छ ।

एमालेले अहिलेसम्म जितेका स्थानहरु निम्न रहेका छन्: 

१. बाग्लुङ क्षेत्र नं. १

२. ललितपुर क्षेत्र नं. २

३. ताप्लेजुङ क्षेत्र नं. १

४. दार्चुला क्षेत्र नं. १

५. डोल्पा क्षेत्र नं. १

६. बाजुरा क्षेत्र नं. १

७. मुगु क्षेत्र नं. १

८. म्याग्दी क्षेत्र नं. १

९. बझाङ क्षेत्र नं. १

१०. मुस्ताङ क्षेत्र नं. १

११. मनाङ क्षेत्र नं. १

यस बिषयमा तपाइको प्रतिक्रिया...!