काठमाडौँ र पाटनको पुनःनिर्माणमा जापानी चासो

Posted on: 14 Jul, 2017


असार ३०, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गरी काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनःनिर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राख्नुभएको छ । 

सो अवसरमा डा पोखरेलले पुनःनिर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जिकिर गर्दै आगामी आव पुनःनिर्माण थप उल्लेखनीय रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!