ललितपुरमा दूध उत्पादन बढ्यो

Posted on: 02 Aug, 2016

साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको देखिएको छ । आव २०६७÷६८ मा ३० हजार १०२ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७२÷७३ सम्म आइपुग्दा ३२ हजार ८३५।५ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यलयका सूचना अधिकारी पार्वती धामीले जानकारी दिनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार आव २०६८÷६९ मा ३१ हजार ५६१ मेट्रिक टन, आव २०६९÷७० मा ३१ हजार ८२८, आव २०७०÷७१ मा ३२ हजार २० तथा २०७१÷७२ मा ३२ हजार ८२९ मेट्रिक टन दूध उत्पादन भएको थियो । 

जिल्लामा व्यावसायिक पशुपालन बढ्दा दूध उत्पादन बढेको हो । जिल्लाका दक्षिणी ९ग्रामीण० क्षेत्रका बासिन्दा भूकम्पपछि सहरी क्षेत्रमा बसाइँ सर्न थालेका छन् । तिनै भूकम्पपीडितले सहरी क्षेत्र नजिक पशुपालन थालेका छन् । “भाडामा जग्गा लिएर धेरैले पुशपालन गरी मनग्य आम्दानी गर्न थालेका छन्,” सूचना अधिकारी धामीले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!