क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ

Posted on: 02 Apr, 2018

चैत १९, ललितपुर | कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गर्नुभएको छ । 

बिहान मन्त्री तामाङसँगै उहाँकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गर्नुभयो । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । 

उहाँले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यही फलाउन निर्देशनसमेत दिनुभयो । 

मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्ने क्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताउनुभयो । मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नु पर्दैन । उहाँले भन्नुभयो, “अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिष्पर्धा हुनुपर्छ ।” 

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ भन्दै उहाँले झण्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्याङ्क छ । अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। 

जमिन बाँझो राख्न नहुने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!