उपचारका लागि अस्पताल हिँडेका युवक शंकास्पद अवस्थामा मृत फेला

Posted on: 14 Dec, 2018

मङ्सिर २८, ललितपुर । मृगौला फेल भएर उपचार गराइरहेका ललितपुरको कोन्जोस्योम गाउँपालिका शंखुका २६ वर्षीया उपेश थिङको शंकास्पद मृत्यु भएको छ। 

लगनखेलको बटुकभैरव मन्दिर नजिकैको पार्कमा उनको शव शुक्रबार बिहान भेटिएको महानगरीय प्रहरी बिभाग लगनखेलका इन्चार्ज, दीपेन्द्रराज गिरीले जानकारी दिए। मृगौला फेल भएपछि निदान अस्पताललमा उपचार गराइरहेका उनको कसरी मृत्यु भयो भन्ने खुल्न कसेको छैन। 

कतैबाट विष सेवन गरेर त्यहाँ आएर मृत्यु भएको प्रहरीको अनुमान छ । शुक्रबार बिहान दश बजे पार्कमा प्रहरीले उनको शव भेटेको थियो।

उनको मृत शरीर पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!