चोरीको मोटरसाइकलसहित ललितपुरबाट २ जना पक्राउ

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौं | महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकलसहित काठमाडौँ महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । 

परीसरले ललितपुर महानगरपलिका–१० युएन पार्क नजिकैबाट शनिबार साँझ कालो रङ्गको बा ९४ प ९३०८ नं को मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीको नियमित जाँचका क्रममा मोटरसाइकलमा सवार तामाङ र वाइवासँग कागजात नभएकाले थप अनुसन्धानका क्रममा मोटरसाइकल चोरी भएको पत्ता लागेको परीसरका प्रवक्ता (प्रहरी उपरीक्षक) गोविन्द थपलियाले बताउनुभयो । पक्राउ परेका तामाङ र वाइवाले गत फागुन ५ गते ठमेल क्षेत्रबाट मोटरसाइकल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परीसरले जनाएको छ । यस घटनाको थप अनुसन्धानका घटना लागि महानगरीय वृत सोरखुट्टे पठाइएको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!