अस्पतालमा बच्चा छाड्ने पूर्वसभासद साह दम्पती पक्राउ

Posted on: 06 May, 2019

बैशाख २३, काठमाडौं । पूर्वसभासद गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन् । 

मेडिसिटी अस्पतालले दिएको जाहेरीको आधारमा ललितपुर प्रहरीले आइतबार साह दम्पत्तीलाई पक्राउ गरेको हो । 

गायत्रीले. फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएर छाडेकी थिइन् । 

जन्मिएको शिशुमा डाउन सिन्ड्रोम रहेको थाहा पाएपछि अस्पतालले पूर्वसूचना नदिएको र उपचारका क्रममा लापरबाही गरेको कारण डाउन भएको बच्चा जन्माउनु परेको आरोप उनीहरुले लगाएका थिए ।  अस्पतालले भने यस्तो हुनुमा अस्पतालको लापरबाही नरहेको भन्दै चैत २१ गते डिस्चार्ज गरिदिएको थियो । 

तर डिस्चार्जपछि साह दम्पतीले बच्चा लिन नमानेपछि अस्पतालले प्रहरीमा उजुरी दिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!