अञ्जना हत्या प्रकरण: क्यानडाको प्रक्रिया लगत्तै बुहारीसँग असन्तुष्ट थिए उज्वल

Posted on: 18 May, 2019

जेठ ४, काठमाडौं । ललितपुरमा अन्जना हत्याकाण्ड निकै चर्चित भईरहेको बेला घटनाको भीत्री कारणबारे सबैको चासो छ । ललितपुर ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनाबारे युटुबमा बिभिन्न भिडियोहरु ट्रेन्डीङमा छ । उज्वलले आफ्नै भाइबुहारीलाई गत २६ वैशाखमा घरमा आमा र बुहारी मात्रै भएका बेला खुकुरी प्रहार गरेर विभत्स हत्या गरेका थिए ।

उज्वाल्को आमाले हत्या स्वीकारेका उज्वल मानसिक रोगी भएको दाबी गर्दै गर्दा प्रहरी अनुसन्धानले फरक बिषय उजागर गरेको छ । महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट रहेको बुझिएको छ ।

चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारीका अनुसार उज्वलले बयानका क्रममा उज्वल पहिलादेखिनै बुहारीसँग असन्तुष्ट रहेको स्वीकार गरेका छन् । प्रहरी अधिकारीका अनुसार भाइबुहारीले घर बन्धकी राखेर क्यानडा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरीले बताएको छ ।


हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उज्वलले यति हदसम्मको अपराध गर्छ भन्नेमा उनकै भाई पनि अचम्मित छन् । उनले आफ्नो दाईलाई हदैसम्मको कारवाहीको लागि माग गरेका छन् । 

प्रहरीले उज्वलविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार बयान लिने काम अझै जारी छ । बयान सकिएपछि थप खुलाशा हुने बताइएको छ । 

मृतक अञ्जनाको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको तर उक्त रिपोर्ट अझैसम्म नआएको कारण प्रहरी कुनै बिषय आधिकारिक रुपमा सार्वजनिक गरिहाल्ने पक्षमा छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!