विदेशबाट फर्किएकाको पुनः नमूना सङ्कलन

Posted on: 28 Apr, 2020

वैशाख १६, ललितपुर | महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ । क्वारेन्टाइनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा पुनः परीक्षण गर्न लागिएको हो ।

पहिलो पटकमा छुटेकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी मिलेर खोजी गरी परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार इमाडोल स्वास्थ्यचौकीबाट ३१ महिला र ५७ पुरुष गरी कूल ८८ जनाको स्वाब सङ्कलन गरी पिसीआर विधिमा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

यस अघि महालक्ष्मीले गत चैत २९ गते विदेशबाट फर्किएका ७० जनाको पहिलो चरणमा नमूना सङ्कलन गरी टेकु पठाएकामा नतिजा नेगेटिभ भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!