काठमाडौं र ललितपुरमा २ जना मृत अवस्थामा फेला

Posted on: 01 May, 2020

वैशाख १९, काठमाडौँ | काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोक डेरा गरी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् । 

नागार्जुन नगरपालिका-५ छकडोल घर भएका ५५ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी ललितपुरको गोदाबरी नगरपालिका-३ नँयाबाटोस्थित जस्ताले बनाएको टहरामा बस्दै आएकी एक महिला पनि मृत फेला परेकी छिन् ।

रुकुम घर बताउने उनी सोही टहरोभित्र बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी हुन् । हाल उनको नाम, थर, खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!