काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

Posted on: 26 Aug, 2020

भदौ १०, काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

हेर्नुहोस् निर्णय 



यस बिषयमा तपाइको प्रतिक्रिया...!