आठ स्थानीय तहको बजेट ल्याए बजेट

Posted on: 25 Jun, 2021

असार ११, लमजुङ (रासस) । लमजुङमा रहेका आठ स्थानीय तहको कूल साढे ४ अर्ब बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको हो । 

जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका  छन् । यी मध्ये केहीले बुधबार र अधिकांशले आज बजेट प्रस्तुत गरेको छ । प्रस्तुत गरेको बजेटमध्ये ४ वटा नगरपालिकाले २ अर्ब ७५ करोड ६० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । ४ वटा गाउँपालिकाले १ अर्ब ८२ करोड ६७ लाख २४ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

यहाँका पालिकामध्ये सबै भन्दा बढी बजेट सुन्दरबजार नगरपालिकाको ७३ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जिल्लाकै सदरमुकाम तथा सुविधा सम्पन्न बेँसीशहर नगरपालिकाले ७२ करोड ६५ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

त्यस्तै, राइनास नगरपालिकाले  ६१ करोड ५८ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको  छ भने, मध्यनेपाल नगरपालिकाले ६७ करोड ८८ लाख ९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

दोर्दी गाउँपालिकाले अनुमानित ६२ करोड १८ लाख ५२ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । त्यस्तै, मस्र्याङदी गाउँपालिकाले ४८ करोड २७ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । दूधपोखरी गाउँपलिकाले ४० करोड ५८ लाख ५८ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सबै भन्दा कम क्व्होलासोंथर गाउँपालिकाले ३१ करोड ३६ लाख १४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!