लमजुङमा अलैंची उत्पादन घट्यो

Posted on: 15 Dec, 2017

मङ्सिर २९, लमजुङ । लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन घटेको छ । 

मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन् । अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलँैची व्यवसायी महासंघ लमजुङले जनाएको छ । 

गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलँैची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताउनुभयो । 

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन र मूल्यमा कमी आएपछि किसान चिन्तित बनेका छन् । पुराना बिरुवा मर्दै गएकाले उत्पादनमा कमी आएको अध्यक्ष तामाङले बताउनुभयो । जिल्लाका कतिपय अलैँची बगानमा सिँचाइको व्यवस्था नभएको पनि उत्पादन घटेको हो । 

गत वर्षको तुलनामा यस वर्ष अलैँचीको क्षेत्र बढे पनि उत्पादन र मूल्य घटेको छ । केही वर्षअघि लमजुङमा अलँैचीको मूल्य प्रतिकिलो रु दुई हजार ५०० थियो । सोही अलँैची अहिले प्रतिकिलो रु आठ सयमा झरेको छ । 

जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गाँंैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँ पाखामा व्यावसायिक रुपमा अलँैचीखेती गरिँदै आएको छ । जिल्लाका अलँैची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम शुरु गरिएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!