लमजुङ सदरमुकाम बेँसीशहरमा बम भेटियो

Posted on: 18 Nov, 2017

मङ्सिर २, लमजुङ । शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । 

लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेका थिए । 

नेपाली सेनाका अनुसार सिलौटको कित्लीभित्र सुतली बम भेटिएको थियो । दुई पटकको प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिनुभयो । 

यसअघि आज बिहानै बँेसीशहर नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए । 

आज सदरमुकाम बेँसीशहरमा नेपाली काँग्रेसको आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!