लमजुङमा भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु

Posted on: 29 Nov, 2016

मङ्सिर १४, लमजुङ । सदरमुकाम नजिकै गाउँसहरको भिरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ । 

बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो । सोमबार बेंसीसहरबाट विद्यालय गएका मगर बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको भिरमा मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै आएका थिए । बिहान खाना खाएर विद्यालय हिँडे पनि उनी विद्यालयमा भने नपुगेको विद्यालयले जनाएको छ । विद्यालय छलेर जङ्गलमा लुक्ने क्रममा भिरबाट लडेको अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!