लमजुङमा बसको ठक्करबाट एकको मृत्यु

Posted on: 28 Feb, 2017

फागुन १७, लमजुङ । पूर्वी लमजुङको राईनासमा बसको ठक्करबाट आज राईनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ । 

नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो । 

गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए । बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका आएका बेला कार्यालय अगाडि नै दुर्घटना भएको राईनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरियाले जानकारी दिनुभयो । बसका चालक र बसलाई धमिली कुवा प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!