लमजुङमा डुबेर ६ बर्षीय बालकको मृत्यु

Posted on: 29 Apr, 2017

बैशाख १६, लमजुङ । निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । 

बेँसीसहर नगरपालिका–८ शेरा बजारमा छ वर्षीय प्रवेश गुरुङको मृत्यु भएको हो । साथीहरुसँग खेल्ने क्रममा गुरुङ सेफ्टी ट्याङ्कीमा खसेका थिए । 

खाडलबाट निकालेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो । मृतक गुरुङ डायमन्ड हिल एकेडेमी बेँसीसहरमा एलकेजीमा पढ्दै थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!