लमजुङमा बस दुर्घटना: दुईजना बसमै च्यापिए, एक जना बेपत्ता

Posted on: 27 Jul, 2017


साउन १२, काठमाडौँ । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।

ना ५ ख ६३९५ नम्बरको बस कास्की र लमजुङको सीमानामा पर्ने मिजुरेडाँडाको रुदीखोलामा दुर्घटना भएको छ । रुदीखोलामा डुबेको बसभित्रै दुईजना च्यापिएर रहेका र एकजनालाई खोलाले बगाएको घटनास्थल कास्की मादी गाँउपालिका-८ का वडासदस्य सञ्जय गुरुङ्गले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका १५ जनालाई उद्दार गरी लमजुङ्गको रामबजारमा रहेको अस्पतालमा उपचार गरिएको छ । लमजुङ्गको भोर्लेटारबाट आएको प्रहरी र स्थानीय बासिन्दा अहिले उद्दारमा जुटेका छन् । दुर्घटनाबाट भएको धनजनको विवरण संकलन भैरहेको र क्षतिको एकिन भैनसकेको उद्दारमै रहनुभएको गुरुङ्गले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!