काठमाडौँमा लमजुङका एक युवकको मोटरसाइकलको ठक्करबाट मृत्यु

Posted on: 04 Jan, 2018

पुस २०, काठमाडौँ । नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ । 

राति ११: ३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएपछि गम्भीर घाइते भएकामा पिपल्स अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो । 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!