लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने, यस्तो छ कारण

Posted on: 23 Feb, 2018

फागुन ११, लमजुङ | लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउन लागिएको कारण विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो । 

दुई दिनका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । दुई दिनसम्म विद्युत् बन्द हुँदा लमजुङको सम्पूर्ण भू–भाग र तनहुँको बाइसजाँगर, मानेचौका, रुपाकोटलगायतका उपभोक्ता प्रभावित हुनेछन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!