प्रेस काउन्सिल संघीय संरचनामा जाने

Posted on: 11 Mar, 2018

फागुन २७, लमजुङ | मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ । 

पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यमा काउन्सिलका सदस्य सुदर्शन आचार्य, नवलकिशोर यादव, शुभेच्छाविन्दु तुलाधर र खिलबहादुर भण्डारी हुनुहुन्छ । 

काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको बैठकले पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गरी पत्रकारिता क्षेत्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र स्थानीय तहसँग समन्वय गर्न काउन्सिलका सदस्य गोविन्द चौलागाईंलाई जिम्मेवारी दिएको छ । 

पर्यटकीय गाउँ काउलेपानीलगायत लमजुङका सबै पर्यटकीय गाउँको विकास र प्रवद्र्धनका लागि काउन्सिलले पहल गर्ने निर्णय भएको सूचना विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य सचिव वीरबहादुर राईले जानकारी दिनुभयो । बैठकअघि काउन्सिल पदाधिकारी र महासंघका अध्यक्षले स्थानीय पत्रकारसँग अन्तक्र्रिया गरेका थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!