लमजुङमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

Posted on: 16 Nov, 2018

कात्तिक ३०, लमजुङ | बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट आज बिहान एक पैदल यात्रुको मृत्यु भएको छ । 

बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पु¥याएर फर्कने क्रममा बिहान ९ः३० बजे वृद्धलाई ठक्कर दिएको थियो । 

स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्याललय लमजुङका प्रहरी निरीक्षक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । मृतक गुरुङ उदिपुरबाट पुरानोकोट जाने क्रममा खहरेखोलामा स्कुल बसले ठक्कर दिएको उहाँले जानकारी दिनुभयो । 

परिवारका सदस्य जिल्ला प्रहरी कार्यालयमा आउने क्रममा हुनुहुन्छ । “उहाँहरु आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गर्छौं”, उहाँले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!