लमजुङमा जंगलको विषाक्त च्याउ खाँदा तीनजनाको मृत्यु

Posted on: 20 May, 2019

जेठ ६, बेसीसहर । लमजुङमा विषाक्त च्याउ खाँदा तीन जनाको ज्यान गएको छ ।

 विषाक्त च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको ज्यान गएको  हो ।सुलबहादुरकी श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

 विषाक्त जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।  गण्डकी मेडिकल कलेजमा उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौंको  नेशनल अस्पताल लगिएको थियो । बिहीबारदेखि उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।

सुलबहादुरको छोरा मन्तोषको उपचारको क्रममा  नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो ।  काठमाडौंबाट उपचार सम्भव नभएपछि घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको थियो ।

साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको लागि पोखरा गएको र साजन घरमा एक्लै हुने भएपछि छिमेकीको घरमा बस्न लगाइएको थियो ।

 जंगली च्याउ प्रायः खाने खालका हुँदैनन् । च्याउ चिनेर मात्रै खानुपर्ने स्वास्थ्यर्कीहरुको सुझाव छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!