चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता

Posted on: 20 Oct, 2020

कात्तिक ४,  लमजुङ। लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।

दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी  सहयोग आउने गरेको र त्यसकै भरमा  दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा  चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।

 दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्खका साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र  एक छाक तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ ।  वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उहाँको भनाइ छ । सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भन्नुभयो, गरीबलाई के दशैँ के चाडपर्व, सधँै एकनाश भएको छ । जब÷जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् ।  त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ । 

बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनामा चार घर गरी जिल्लामा १४ घरधुरी चेपाय छन् ।  चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!