गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

Posted on: 28 Jun, 2021

असार १४, पोखरा (रासस) । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । 


पोखराका बाFस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष  बाँस्तोला  डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!