लमजुङमा पाँचवर्षमा १३१ बालबालिका हराए

Posted on: 14 Sep, 2021

भदौ २९, लमजुङ (रासस)। आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताउनुभयो ।  गतएक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । 

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!