पर्यटन बिकासको लागि लमजुङका युवा आफै सक्रिय

Posted on: 06 Dec, 2016

मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि लमजुड.का स्थानियहरु आफ्नो गाउँ आफ्नो ठाउँमा बिकास संगै पर्यटकीय स्थल निर्माणका लागि चिन्तीत देखिन्छन् । 

हावा पानि कृषि,पर्यटन हर हिसाबले एकदमै राम्रो पुर्वी लमजुड।का प्रचार प्रसारको कमिका कारण पछाडी परेका त्यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारका लागि स्थानिय जुट्न थालेका छन् ।  पछिल्लो समयमा ऐतिहासिक स्थान राईनास कोटको महत्व र त्यस्तो पर्यटकीय सम्भावना प्रचुर भएको स्थानमा होम स्टे निर्माण भईरहेको छ ,भने प्याराग्लाईडिङका लागि उत्तम ठाउ भएको भन्दै बिश्लेषण हुन थालेको छ । यहि सुन्दर ठाउ नजिकै भएको राइनास धमिलिकुवा ४ मर्स्याङदि नदिको काखमा अबस्थित प्राकृतिक छटाले भरिपुर्ण अतिरमणीय लुपुखोलाको ढुन्ढुर र झरना अनि गुफा सम्म पुग्नको लागि 'सहज पैदलमार्ग निमार्ण' गर्नका लागि लमजुङका युवाहरु सहयोग संकलनमा लागेका छन् । प्रचार प्रसारको कमिका कारण ओझेलमा रहेको यो स्थानको उचित व्यवस्थापन र प्रचार भएमा दैनिक हजारौ स्वदेशि तथा विदेशि पर्यटकहरु उक्त ठाउँ अवलोकनका लागि आउन सक्नेछन् । आर्थिक बिकासको एक धरोहर पर्यटन व्यवसाय भएको कारण लमजुङ बासीहरुको लागि आर्थिक विकासको प्रचुर सम्भावना पर्यटन क्षेत्र पनि हो । 

आफ्नो जिविको पार्जनका लागि बिभिन्न देश छिरेका लम्जुङड युवाहरुको यो अभियानलाई सम्पुर्ण लमजुड। बासीहरुले सकारात्मक रुपमा लिई काधमा काध मिलाईरहेका छन् । 'आफ्नो गाँउ आफै बनाउ' अन्तर्गतको यो अभियानले पक्कै पनि सार्थकता पाउँछ, यस अभियानका अभियान कर्ताहरु प्रतिक्रिया दिन्छन् । 

- स्वस्तिका चिलुवाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!