केही चोकाहरु

Posted on: 27 Sep, 2016

-शान्तिनारायण श्रेष्ठ
हली बिचरा
खेतबारी जोतनु
कर्म सम्झन्छ
साहुलाई पोसनु
धर्म सम्झन्छ
छोरा छोरी बिरामी
स्वास्नी मेलामा
पाउँदैन आधापेट्
खान बेलामा
कठ १ बरी भन्दिने।
कोही छैन धन्दिने ।
सन्ते बिचरा
भन्ज्याङ्को चौतारीमा
भारी बिसाइ
लामो सास फेरेर
पुस्दै पसिना
हे(यो पल्लो डाँडामा
सूर्य डुवेको
हेर्ने कोही भएन
आफू दुखेको
गरिबीको प्रभाव
भोक रोग अभाव ।

पर्वत

यस बिषयमा तपाइको प्रतिक्रिया...!