गजल-यस पालिको दशैं पनि मान्न गाह्रो भो ।

Posted on: 01 Oct, 2016

भूमिराज शर्मा

यस पालिको दशैं पनि मान्न गाह्रो भो ।

आङ ढाक्ने नयाँ लुगा छान्न गाह्रो भो ।।


वल्लो पल्लो घर घोर्ले खसी ढलाउंदा ।
किन भोकै बस्नु परयो जान्न गाह्रो भो ।।


अभाब र गरिबीको दुष्चक्रमा फसेंको छु ।
दशैं लाई बिजयोत्सब ठान्न गाह्रो भो ।।


दिन रात मरी मरी परिश्रम गर्दा पनि ।
एक मुठी सास अझै धान्न गाह्रो भो ।।


परिश्रम गर्नेलाई उल्टै दुःख दिनेलाई ।
निशानामा पारी तारो हांन्न गाह्रो भो ।।


देपुर, पर्बत


यस बिषयमा तपाइको प्रतिक्रिया...!