बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित

Posted on: 24 Oct, 2016


गजल

तिमीले नै भन्थ्यौ जीवन हार हैन जीत

पिरतीको खोल ओडी पार्यौ भयभित ।

भताभुङ्ग भयो आज कल्पनाको घर

यस्तै हुदो रैछ क्यारे जिन्दगीको रित ।

कस्तो चोखो माया तिम्रो लाग्थ्यो सुन्दर मन

सधैं सधैं चाहन्थे म मात्र तिम्रै हित ।

सातै जुनी तिमी मेरो म हुँ तिम्रो भन्थ्यौ

बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित ।

जित्नै पर्छ पिरतीमा भन्नु पनि छैन

हारपनि हुनसक्छ भने हुन्थ्यो कि त ।


कविता उपाध्याय, रोल्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!