माफ गरीदिनु दिदि मलाई यो तिहारमा आउन सकिन

Posted on: 26 Oct, 2016


गीति गजल

माफ गरीदिनु दिदि मलाई 

यो तिहारमा आउन सकिन

यसपालिको तिहारमा पनि तिम्रो 

हातको भाईटीका लाउन सकिन 

यो तिहारमा आउछु भनि आस्वासन त दिएको थिए 

दिन ,रात काममा ब्यस्त छु छुटी पाउन सकिन 

संगालेर राखी हौली सयपत्री र मखमली फुलको माला 

मादल अनि बासुरी देउसी भैलो गाउन सकिन

धेरै खुसी थीए हाम्रा बिगतका तिहारहरू 

यसपलिको तिहारमा पनि खुसी बनी आउन सकिन 

नखसाउनु आशु ,दिदि  नदुखाउनु मन 

खुसी बिनाको जिन्दगीमा पुगेर नि रमाउन सकिन 

यो निधारमा जन्मदा नै गरीबको रेखा कोरीएको रहेछ 

सुख पाउन सकिन 

योगेन्द्र योगी 

धुपु १ लेब्राङ् संखुवासभा 

हाल (इटहरी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!