गजल-बैनीको हातको टिका लाउन हिडियो घर

Posted on: 30 Oct, 2016

महेन्द्र केसी

बैनीको हातको टिका लाउन हिडियो घर
साथीभाईसँगै देउसी गीत गाउन हिडियो घर ।

सवका दाजु घर आउँदा, म नपुग्दा के होला बैनीको मनमा
त्यसैले बैनीको मुहारमा खुसि छाउन हिडियो घर ।।

सप्तरंगी टिका, मखमली माला लगाएर  चिटिक्क परी
दाजुभाई दिदीबहिनीसँगै रमाउन हिडियो घर ।।

हजुरहरु पनि जानुहोला रमाउनुहोला साथमा
आफु त बैनीमको हातको टिका लाउन हिडियो घर ।।

शुभ रहोस् तिहार हजुरको शुभकामना छ है मेरो
आफु त सप्तरंगी टिका, मखमली माला लाउन हिडियो घर ।।

पर्वत ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!