हाम्रा नेताको बुद्धिको विर्को कस्ले खोलिदिने खै ?

Posted on: 07 Nov, 2016

गजल

हाम्रा नेताको बुद्धिको विर्को, कस्ले खोलिदिने खै ?

नागरिकका व्यथा  बोलिदिने खै ?।

चोर साधु बने, छलकपट मौलायो देशमा 

उखाने, गुखानेलाई सुधारगृह कस्ले खोलिदिने खै ?।

अंगीकृतलाई राष्ट्र बनाउने चलखेल हुदैछ

जाग नेहहरु तिम्रो पक्षमा यहाँ बोलिदिने खै ?।

हिमाल, पहाड, तराई फुटाएर भाइभाई जुधाउने खेल हुदैछ 

एकता, सद्भाव, माया एकआपसमा कस्ले मोलिदिने खै ?।

महेन्द्र केसी, पर्वत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!