आभास गर्न नसकेको वेला

Posted on: 15 Jan, 2017

- रोशन पोखरेल 


आभास गर्न नसकेको वेला, हृदयले तिमीलाई खोजेको छ

मुटु आगोको ज्वाला माथी, कोमल तिम्रो हात रोजेको छ ।।

लेख्न खोज्छु कलम समाएर, तिम्रो भावनाका कथाहरु

रोकिन्छ मन भित्र मध्यान्नमा, तिम्रो हृदयका व्याथाहरु ।।


भन्थियौ तिमीले मलाई, ढुङगा मैले वोलेको देखेको छु

अतितहरु भुल्नैको लागी, मैले कुलत हर रात खोजेको छु ।।

कसम खाएर भुल्न लाई, खुकुरीको धार हैन म

विष खाएर पनि हृदयका कथा, यति चाडो भुल्न लाई ।।


सोध्छौ भने अतितका इतिहास, मेरो मुटुलाई सोधे हुन्छ ।

हरेक रात अनि दिनमा, पिउने साथीलाई भेटे हुन्छ ।।

फिका जिवनको कथाहरु पल्टाएर, मैले तिमीलाई भुलेको छु ।

हरेक पलमा सपनाहरु झकाएर, सुभासको गन्थ राखेको छु ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!